Aug 102010
 

rajeshin_dusgaja The release date of Dasgaja is still not confirmed but, a special show of the movie was done on Tuesday (Aug 10, 2010). Objection of Censor Board on the movie had created controversy before.

Advertisement

The special show was organized by student wing of CPM Maoist, ‘Kratikari’. Top leaders of the party were also present to watch the movie.

Dasgaja covers issues of border disputes with India, citizenship, and other patriotic issues. The movie was produced by Nawal Khadka and features Nawal, Rajesh Hamal, and Nikhil Upreti in leading role. Dashgaja, literally means ‘No Man’s Land,’  was directed by Daya Ram Dahal. More in Nepali follows:

सेन्सर झमेला ब्योहोरिरहेको नेपाली फिल्म ‘दशगजा’को विशेष प्रदर्शन मंगलबार राजधानीमा गरियो ।

जमलस्थित विश्वज्योति सिनेमा घरमा सुरु भएको विशेष प्रदर्शन बुधबार टुंगिनेछ । सेन्सरले चर्चा बटुलेको यो फिल्मलाई एनेकपा माओबादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रदर्शनको मेसो मिलाएको थियो ।

नेपाली सीमा अतिक्रमण, नागरिकता विवाद र राष्ट्रवादी सन्देश बोकेको चलचित्र ‘दशगजा’ प्रदर्शनका क्रममा माओबादी बरिष्ठ नेताहरु पनि सहभागी थिए । फिल्ममा वर्तमान नेपाली राजनीतिमा भारतीय हस्तक्षेप संविधान शान्ति र नेताहरुलाई पनि कटाक्ष गरिएको छ ।

‘फिल्म निकै उत्कृष्ट लाग्यो हाम्रा नेताहरुले फिल्मबाट धेरै पाठ सिक्नुपर्छ’ अखिल क्रान्तिकारी अध्यक्ष लेखनाथ न्यौपानेले भने ‘हामीले भन्न नसक्ने कुरा फिल्मले प्रष्ट रुपमा बुझाएको छ ।’ माओबादी नेता हितमान शाक्यले पनि प्रगतिशिल चलचित्रको खाँचो औंल्याए ।

फिल्मको निर्माण नवल खड्काले गरेका हुन् । चलचित्रमा नवलसहित राजेश हमाल, निखिल उप्रेतीलगायतको अभिनय छ । चलचित्र विकास बोर्डले चलचित्रका केही संवाद र दृश्य आपत्तीजनक भन्दै कैंची चलाएको थियो ।

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: