Apr 142010
 

Two movies of Rose Rana are currently running in Kathmandu theaters. “Dosti” and “Takkar Dui Mutu Ko” , both are said to be doing very good business.  Dosti is running in third week and Takkar started screening on Friday, April 9th.

Advertisement

स्टारले फिल्म चल्ने दिन गए
निर्माता हुँदै नायक बनेका रोज राणाले आफ्ना दुई फिल्म दोस्ती र टक्कर दुई मुटुको राजधानीका हलमा एकपछि अर्काे गरी प्रदर्शन गरेका छन् । मदन घिमिरेको निर्देशनमा बनेको दोस्ती चैत दोस्रो साताबाट राजधानीमा प्रदर्शन सुरु भएको हो भने ऋषि न्यौपानेको निर्देशनमा बनेको टक्कर दुई मुटुको भने दोस्ती हटेका हलमा गत शुक्रबारदेखि प्रदर्शनमा आएको हो ।

टक्कर दुई मुटुुको मोफसलमा प्रदर्शन भएर राजधानीमा पालो कुरेर बसेको थियो भने दोस्ती राजधानीबाटै प्रदर्शनका लागि क्युमा थियो । एकपछि अर्काे गरी आफ्ना फिल्म राजधानीमा प्रदर्शन भएकोमा आफू गद्गद् भएको बताउँछन् निर्माता रोज । भन्छन्, ‘दर्शकलाई प|mेस फिल्म दिनका लागि दोस्तीले पालो कुर्‍यो । टक्कर दुई मुटुको भने राजधानीका दर्शकको पर्खाइको फिल्म भएकाले दोस्तीसँगै प्रदर्शन गरेका हाँै ।’ दोस्तीमा निखिल उप्रेती, विराज भट्ट, अर्जुन कार्की, जेनिशा केसीलगायतका कलाकारको अभिनय रहेको छ भने टक्कर दुई मुटुमा निर्माता रोज आफैँ नायक बनेका छन् । उनको साथमा अर्जुन कार्की र सौजन्य सुब्बा छन् ।

हिरो बन्ने सपना बोकेर फिल्मलाइनमा प्रवेश गरेका रोजले पहिला अ गुड प|mेन्ड नामक भिडियो फिल्म निर्माण गर्न लागेका थिए । जसमा उनी आफँै नायक बन्दै थिए । तर, त्यो फिल्म बनेन । पछि, उनी दादागिरी, डन, खलनायक र दोस्ती, चारवटा फिल्म निर्माण गरिसकेपछि पाँचाँै फिल्ममा आफँै नायक बनेर देखा परेका हुन् । त्यसो त उनी कृष्ण चापागाईंको निर्देशनमा दिनेश शर्माले निर्माण गरेको महान् फिल्मबाट नायक बनेका हुन् । रोज नायक बनेको पहिलो फिल्म महान् असफल भएको थियो । निमर्ाता बनेर फिल्मी चक्कर बुझेपछि मात्र नायक बनेको खुलासा उनको छ । ‘निर्माता बनेर नेपाली फिल्म लाइन बुझेँ । यहाँका स्टार भनाउँदाले निर्मातालाई निकै दुःख दिने गरेका छन् । स्टारले फिल्म चल्ने दिन गइसके,’ उनले उदाहरण दिँदै भने, ‘स्टारले फिल्म चल्ने भए विराज भट्ट, निखिल उप्रेतीहरूले खेलेका सबै फिल्म सुपर हिट हुनुपर्ने हो । पछिल्लो समयमा उनीहरूका अधिकांश फिल्म फ्लप भएका छन् । फिल्म चल्न फिल्ममै दम हुनुपर्छ । कलाकार भनेको सेेकेन्डरी पार्ट हो ।’
आफ्नो फिल्म टक्कर दुई मुटुकोले राजधानीका हलमा राम्रो व्यवसाय गरिरहेको दाबी उनको छ । ‘महान्को रिलिज बिगि्रयो । म स्विकार्छु, महान् फ्लप फिल्म हो । तर, म नायक बनेको टक्कर दुई मुटुको भने दर्शकले निकै मन पराइरहेका छन् । यसर्थमा म नायकका रूपमा सफल भएको ठान्छु,’ रोज भन्छन्, ‘अब अन्य फिल्ममा पनि म नायकका रूपमा देखा पर्छु । टक्कर दुई मुटुकोले फिल्म चल्छ, स्टार कलाकार चाहिन्छ भन्ने भ्रमको अन्त्य गरिदिएको ।’ उनी आफूले निर्माण गर्न लागेको नयाँ फिल्ममा पनि आफँै नायक भएर देखा पर्ने बताउँछन् । (source – Nayapatrika)

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: